हलिम खान
सन्धिखर्क, अर्घाखाँची । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले यति बेला सवारी चेक जाँचमा थप कडाई गर्दे आएको छ।
चार्डपर्वको समयमा सवारी साधनको अत्याधिक चाप हुनुको साथै सवारी दुर्घटना समेत वृदि हुने हुदा यति बेला जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाचिको कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक लोकराज न्यौपाने सहितको टोलि २४ घन्टा सडकमै खटिएको देखिन्।
जिल्लाको सवारी दुर्घटना न्युनिकरण गरि सहज र सुरक्षित सवारी आवगमन गराउने उदेश्य अनुरुप हामी लागि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाचिका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक लोकराज न्यौपानेले बताउनु भएको छ।
चालु आर्थिक बर्षमा दुर्घटनाको छिटपुट दुर्घटना भएतापनि ठुला दुर्घटना भने भएको छैन ।
यहि दुर्घटना न्युनिकरण गरि सुरक्षित र सहज यात्राको लागि जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँची दिन रात सडकमै खटिएका छन।
यसै गरि बड्दो सहरी करणसंगै जनसंख्याको चाप पनि बढ्दै गईरहेको अबस्थामा ट्राफिक ब्यबस्थापनमा पनि चुनौति थपिदै गएको छ ।
अर्घाखाँची जिल्लाको बिभिन्न क्षेत्रमा र बिसेष गरि सन्धिखर्क नगरपालिकाको बजार क्षत्रमा पार्किङ ब्यबस्थापन गर्ने एक साईड पार्किङको ब्यबस्था लागू गरिएपनि कतिपए चालकहरुले नियम उल्लघंन गर्ने कार्य नरोकिएको हुदा त्यस्ता सवारी साधन हरुलाई -हुईल-लक लगाउने गरिएको छ।
हुइल-लक लगाइए पछि नियम अनुसार कारबाहि गरि प्रशिक्षण दिएपछि मात्र छाड्ने र त्यस्ता सवारी साधन हरुको अभिलेख राखि पटक-पटक त्यस प्रकारको गल्ति दोहोर्यायमा आवश्यक कारवाहिको लागि यातायात ब्यबस्था कार्यालयमा पनि पठाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख न्यौपानेले बताउनु भएको छ ।
सुरक्षित यात्रा अभियान अन्तर्गत अर्घाखाँची जिल्लाको विभिन्न स्थानमा प्रहरी सहयाक निरीक्षक लोकराज न्यौपानेको नेतृत्वमा खटिएको हाईवे चेकिङ टोलिले बिभिन्न सवारी साधन चेकजाँचको क्रममा चालक ,सह-चालक,पैदल यात्रुलाइ सडकमै जम्मा गरी सवारी दुर्घटना हुन सक्ने अबस्था बारे यात्रा गरी रहेका महिला बालबालिका,र जेष्ठ नागरीक ब्यक्तिहरु लाइ बिषेश सुरक्षा दिदै कोभिड १९ महामारीको समयमा चालक र यात्रुहरुले कायम गर्नु पर्ने सामाजिक दुरीको बारेमा प्रशिक्षण समेत दिइएको छ ।
साथै चालक, सहचालक तथा पैदल यात्रिहरुलाई मास्क सेनिटाईजरको प्रयोग तथा बिबिध बिषयमा प्रशिक्षण दिएको समेत बताइएको छ ।