शारदा नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा मसाल निकट अखिल नेपाल किसान महासङ्घ जिल्ला समिति अर्घाखाँचीले जिल्ला प्रसाशन कार्यालय अर्घाखाँचीमा ज्ञापन पत्र बुझाएको छ ।
किसानले बिउ मलको सधै अभाव झेल्नुपरेको ,सरकारले धानको मुल्य संतोषजनक रुपमा तोक्न नसकेको भन्दै जिल्ला प्रसाशन कार्यालय का प्रमुख जिल्ला अधिकारि बिश्णु पौडेल मार्फत नेपाल सरकारलाइ ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारि पौडेलले समस्या समाधानको लागि आफु सक्दो प्रयास जारि राख्ने बताए ।
ज्ञापन पत्रको महासङ्घका जिल्ला अध्यक्ष जिबनारायण खनालले बाचन गरि प्रमुख जिल्ला अधिकारिलाइ बुझाएका हुन । उक्त अबसरमा
१२बजे देखि १ बजे सम्म जिल्ला प्रसाशनको गेटमा एक घन्टे धर्ना कार्यक्रम र कोण सभा गरिएको थियो ।
उता सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाललाइ पनि सोहि प्रकृतिको ज्ञापनपत्र महासङ्घले बुझाएको थियो।
जिल्ला प्रसाशन कार्यालयमा गरिएको धर्ना र कोण सभा कार्यक्रम पछि नगरपालिकामा ज्ञापनपत्र बुझाइएको थियो ।
ज्ञापनपत्र बुझ्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले आफु र नगरपालिका कृषि,बेरोजगारि र उत्पादनमा बिचौलियाको बिगबिगी लगायतका समस्या समाधानको लागि सधै तत्पर रहेको बताए । उनले चिस्यान केन्द्र र कृषि हाटबजार को बिकासमा नगरपालिका तत्पर रहेको बताउदै तेस पछि थप समस्या समाधानमा सहज हुने पनि बताए ।
सरकारले माथिल्लो तहबाट समस्या समाधन गर्नुपर्ने बताउदै ज्ञापनपत्रमा आफ्नो साथ समर्थन रहेको र आफु सक्दो पहल गर्ने उनले बताए ।