सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चाका युवा नेता तथा सफल युवा ब्यवसायी कबिराम खनालले कोरोना रोग जितेर नियमित जनताको सेवामा फर्किएका छन् ।
अर्घाखाँचीमा सामाजिक क्षेत्रमा निकै प्रिय ब्यक्ति कबिराम खनाल झन्डै २५ दिनको आईसुलेसन बसाईपछि कोरोना रोगलाई प्रास्त गरि आफ्नो नियमित काममा फर्किएको कुरा सामाजिक सन्जालमा भाईरल बनेको छ।
खनाल गत स्थानिय चुनाबमा भुमिका स्थान नगरपालिकामा तत्कालीन माओबादी काङ्ग्रेसका उमेदवारबाट थोरै मतले पराजित उमेदवार हुन भने अर्घाखाँचीका धेरै युवाहरुले मन पराएका नेता हुन ।
भुमिका स्थान नगरपालिका नेकपाको गड क्षेत्रमा सबैभन्दा लोकप्रिय मत ल्याई गठबन्धनलाई समेत चुनौती दिएका खनाल कोरोना रोग लागेपछि आफुलाई निकै समस्या पारेको बताउनु हुन्छ।
दुखि पिडितलाई सहयोग गर्ने खनाल निकै सरल ईमानदार जनप्रिय नेता भएको कारण जनताको मन जित्न सफल भएका हुन ।