पोखराथोकको हरिहर माविमा गणतान्त्रिक सृजनशील युवा कल्वद्धारा मानसिक स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न (तस्बिर सहित)

डिआरजी सुमन
अड्गुरी, अर्घाखाँची (अर्घाखाँची डटकम  व्युरो रिपोर्ट) । पाणिनी गाँउपालिका भित्र स्थानीय स्तरमा ग़ैरसरकारी संस्था र कल्वहरु मार्फ़त पनि सामाजिक सचेतना मुलक कार्यले तिव्रता पाई रहेको छ । यसै क्रममा “समाजको विकास युवाको साथ”उद्देश्य लिएर विक्रम सम्वत्  २०६९ सालमा पाणिनी ७ अड्गुरीमा स्थापित “गणतान्त्रिक सृजनशील युवा कल्व पाणिनी ७ अड्गुरी”द्धारा आयोजित “मानसिक स्वास्थ्यजनचेतना अभिवृद्धि कार्यक्रम”  हरीहर मावि मा सम्पन्न भएको छ ।
यस कल्वले पाणिनी ७ स्थित जनसेवा मावि,विद्या विनोद मावी,शिवमदनमावी,पाणिनी ८ स्थित कमला मावी, पाणिनी ६ स्थित धातिवाँङ मावी,पाणिनी ३स्थित दुर्वाशेस्वर मावी पाणिनी २ स्थित हरिहर मावीमा यस्तो प्रकारको कार्यक्रम सम्पन्न गरिसकेको आयोजक संस्था गणतान्त्रिक सृजनशील युवाकल्वका उपाध्यक्ष प्रकाश वेल्लासे ले जानकारी गराउनु भएको छ ।
कार्यक्रममा कल्वका उपादक्ष्य तथा सहजकर्ता अनिल पौडेलले मानसिकरोग,यसका लक्षण र रोकथामका विषयमा प्रशिक्षण दिनु भएको थियो । उक्तकार्यक्रम मा मानसिक स्वस्थ हुन केके चाहिन्छ ,मानसिक रोगको कारण ,लक्षणसमाधानको उपायहरू , डिप्रेशन भएको कसरी थाहा पाउने ,संका लागेमा के गर्ने,कोरोना महामारी को बेलामा मानसिक स्वास्थ्य को हेरचाह कसरी गर्ने लगायतआत्महत्या न्यूनीकरण जस्ता बिषय मा प्रशिक्षक अनिल पौडेल ले  प्रकाश पार्नुभएको थियो।  मानसिक समस्या को जग घर हुने भएकोले  आफ्नो बालबालिकालाई नैतिक ,आध्यात्मिक र राम्रो आचारण सिकाउन जरुरी रहेको कुरा प्रशिक्षकले राख्नु भएको थियो । विशेष गरि किशोरकिशोरी लाई केन्द्रित कार्यक्रम माअभिभावकबाट धेरै आशा राखिनु  र बालबालिका को इच्छा तथा चाहाना लाईउपेक्षा गर्दा परिणाम नराम्रो आउने कुरालाई ध्यान मा राख्न प्रशिक्षक ले आग्रहसमेत गर्नुभयो ।
हरिहर मावि पोखराथोकमा आयोजित कार्यक्रममा कल्वका अध्यक्ष संदीपपोखरेलको अध्यक्षता,संस्थाका उपाध्यक्ष अनिल पौडेलको सहजीकरण, उपाध्यक्ष प्रकाश वेल्वासेको संचालनमा सम्पन्न भएको थियो । यस कार्यक्रममा सस्थाका कोषाध्यक्ष हिम्मत कार्की,सदस्य अजय कार्किको उपस्थिति रहेको कार्यक्रममा हरीहर मावी का प्रधानाध्यापक विष्णु प्रसाद पोखरेल को प्रमुख आथित्यता रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अथितीको मन्तव्य राख्दै  प्रधानाध्यापक श्री विष्णुप्रसाद पोखरेल ले कल्वको कार्य प्रति खुलेर प्रशंसा व्याक्त गर्नु भएको थियो ।कार्यक्रम हरिहर मावी का शिक्षक तथा विद्यार्थी को उपस्थितमा हरिहर मावीमासम्पन्न भएको थियो ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम ।

अड्गुरीको हरिहर माविमा  गणतान्त्रिक सृजनशील युवा कल्वद्धारा मानसिक स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अन्य समाचारहरु