कोरोना खोप प्रभावकारी सावित भएपछि विश्वभर खुशीयाली, मोदेर्नाको खोपको प्रभावकारिता ९५ प्रतिशत

अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत देखिएको छ।
अमेरिकामा भएको परीक्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतको हाराहारी देखिएको मोदेर्नाले जनाएको हो । यसअघि फाइजरले बनाएको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको हप्ता दिन पहिले खबर सार्वजनिक भएको थियो ।
तेस्रो चरण अर्थात बिस्तारित तहको मानवीय परीक्षणमा कोरोना भाइरस विरुद्ध सम्भावित खोपहरु सुरक्षितसँगै प्रभावकारी सावित भएपछि विश्वभर आश पलाएको छ।
मोदेर्नाको खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएसँगै विश्वलाई ठप्प प्रायः बनाएको कोरोना भाइरस महामारी प्रभावकारी विकल्पको आश पलाएको हो।
फाइजर र मोदेर्ना दुवैले खोप विकासका लागि विल्कुल नयाँ र प्रयोगात्मक विधि अपनाएका हुन्। मोदेर्नाले खोप प्रभावकारी देखिनु अति उत्कृष्ट रहेको बताउँदै प्रयोगका लागि अनुमति प्राप्त गर्ने प्रक्रिया आउँदो केही हप्ता मै थाल्ने उल्लेख गरेको छ। एजेन्सी