सागर महत
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची अस्पतालका सातजना चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका अति आवश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहेको अस्पताल आजबाट सुचारु भएको छ ।
गत कार्तिक २२ गते अस्पतालका प्रमुख डा. कपिल गौतमसहित १७ जनामा कोरोना देखिएपछि प्रसूति र अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो।
केहि चिकित्सक र स्वास्थ्यकर्मी कोरोना मुक्त भएपछि अस्पतालका सम्पुर्ण सेवा सुचारु गरिएको अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनुभयो ।