काठमाडौं । कोरोना महामारी जारी रहेको बेला हिमाल आरोहण खुला गरेसँगै कात्तिक १ गते यता ६७ जनाले हिमाल आरोहण गरेका छन् ।
आरोहणका चार सिजनमध्ये वसन्तपछि शरदकालीन आरोहणमा यस पटक ११ पटक दलका लागि ५७ जना विदेशी र १० जना नेपालीले अनुमति पाएका थिए ।
यसवर्ष सरकारले ६ वटा हिमाल आरोहणका लागि अनुमति दिएको छ ।
जसमा ७ हजार १ सय २९ उचाइको वरुण, ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु, ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्जेन पिक, ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे र ६ हजार ८ सय १४ मिटर उचाइको आमदब्लम हिमाल आरोहणका लागि अनुमति जारी गरीएको हो ।
कोरोना महामारी सुरु हुनुअघि तीस वटा हिमालमा करिब १ सय ५० जना विदेशी र नेपालीहरु हिमाल आरोहणमा जाने गरेका थिए ।
अब शरदयामको हिमाल आरोहण सकिएको छ । ११ मध्ये ६ वटा टोलीले हिमालको आरोहण सकेर फर्किएका छन् ।
पाँचवटा टोलीमध्ये दुईवटा हिमलुङ र तीनवटा आमदब्लम हिमाल आरोहणको क्रममा रहेका छन् ।
यस वर्ष बहराइन र कतारका राजपरिवारका सदस्यले पनि हिमाल आरोहण गरेका छन् । इमेज च्यानलमा समाचार छ ।