सिएन पाण्डे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १,२,३,७,८,९र १० लाई कार्यक्षेत्र बनाएको श्री त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं साधारणसभा यहीँ मंसिर ५ गते अध्यक्ष उत्तममणी मिश्रको सभापतित्वमा सम्पन्न भएको छ ।
उक्त साधारणसभाको उद्घाटन साकोसका अध्यक्षबाट नै भएको थियो ।
संस्थाको तर्फबाट प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम अध्यक्षबाट प्रस्तुत गरिएको थियो ।
आ.व. २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन लेखा समितिका संयोजक शिव बेल्बासेबाट प्रस्तुत गरिएको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०७६/०७७ मा संस्थाले गरेका संपूर्ण गतिविधि र आगामी ०७७/०७८ का कार्यक्रमहरूलाई व्यवस्थापक श्री तुल्सीराम खनालले प्रस्तुत गर्नुभएको थियो ।
साथै, उक्त साधारणसभाले आ.व.२०७७/०७८ को लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण ,विनियम संशोधन , नियमावली पारित, निर्णय पुस्तिका प्रमाणीकरणको लागि २३ जनाको चयन , विभिन्न कोषहरूका रकम जगेडाकोषमा लैजाने, लाभांश वितरण तथा संरक्षित पूँजीकोषका रकम वितरण सम्बन्धी बिषयहरूमा छलफल गरी आवश्यक निर्णय लिएको छ । संस्थाले कोभिड-१९ को महामारीका कारण उक्त साधारणसभा अभौतिक ( virtual ) सम्पन्न भएको थियो ।
कार्यक्रमको सन्चालन संस्थाका सचिव कमलप्रसाद घिमिरेले गर्नुभएको थियोे भने संस्थाका उपाध्यक्ष यमकला बन्जाडेले स्वागत मन्तव्य र नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिमबहादुर जी. सी. लेकालीले शुभकामना मन्तव्य दिनुभएको थियो