शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले गुल्मीका दिवंगत नेता बोमबहादुर खड्काको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । नेकपाले स्वर्गीय नेता खड्काको निवास धुर्कोट गाउँपालिका नयाँगाउँ पुगि शुक्रबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने नेताहरूले खड्काको निधनले पार्टीलाई अपुरणिय क्षति भएको बताए । उनिहरुले स्वर्गीय नेता खड्काले त्याग र निष्ठाको राजनिती गरेको भन्दै एक आदर्श पुरुषको अन्त्य भएको प्रति निक्कै भावुक बने ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले पार्टीको असल सिपाही ,जनताको प्रिय नेता,कुसल संगठक , सैद्धान्तिक एवं दार्शनिक क्षमताका धनि नेता खड्काको निधनले पार्टी लाई अपुरणिय क्षति भएको बताउनुभयो । उहाँले स्वर्गीय नेता खड्काले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनार्थ खेल्नु भएको भुमिका निक्कै महत्वपूर्ण रहेको भन्दै बिकास र समृद्धिको अभियान लाई पुर्णता दिन नपाउँदै निधन भएको प्रति दु:ख व्यक्त गर्दै उहाँका अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका अध्यक्ष तथा प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले पार्टीको मेरुदण्डको रुपमा स्थापित नेता सहृदयी मित्र खड्का लाई गुमाउनु पर्दा निक्कै पीडा बोध भएको भन्दै उहाँको निधन बाट सिङ्गो पार्टीले निक्कै ठुलो क्षति व्यहोर्नुपरेको बताउनुभयो । उहाँले गुल्मी र अर्घाखाँचीको पार्टी निर्माणमा स्वर्गीय खड्काले अतुलनीय योगदान पुर्याउनु भएको प्रति स्मरण समेत गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी अर्घाखाँचीका कार्यालय सदस्य पिताम्बर भुसालको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश कमिटीका सदस्य द्वय नरेन्द्र कुमार क्षत्री र तोजबहादुर रायमाझी बिधान ,जिल्ला कमिटीका सदस्य तथा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य,जिल्ला कमिटी सदस्य तथा पालिका उपाध्यक्ष प्रमिला क्षेत्री ,जिल्ला कमिटी सदस्य विष्णुमाया आचार्य ,मालारानी गाउँपालिका वडा नं. २ र ३ का सदस्य क्रमशः लिलबहादुर पाण्डे , शोभाखर खनाल लगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
पञ्चायती कालमा अनेरास्ववियु एकताको पाँचौ बाट राजनीतिमा संलग्न हुनुभएका स्वर्गीय खड्का २०४२ देखि २०४५ साल सम्म जिल्ला कमिटी अर्घाखाँचीको उपाध्यक्ष ,गुल्मी जिल्ला कमिटीको अध्यक्ष ,तत्कालीन नेकपा एमालेको जिल्ला कमिटी अध्यक्ष हुँदै पार्टी एकता पछि नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश कमिटीको सचिवालय सदस्य रहि लुम्बिनी प्रदेशको पार्टी निर्माणमा निरन्तर रुपमा खटिरहनु भएको थियो ।
मंसिर १ गते हृदयघातका कारण ५४ बर्षको उमेरमा उहाँको दु:खद निधन भएको थियो । उहाँको निधनले गुल्मी र अर्घाखाँचीका बासिन्दा लाई निक्कै चिन्तित बनाएको छ ।
उहाँको निधनले अझैसम्म पनि गुल्मी र अर्घाखाँचीका सयौं जनताको अँखामा आसु र मुहारमा मलिनता देख्न सकिन्छ ।
स्वर्गीय खड्काको बृद्ध वुवा,श्रीमती ,१ छोरा र १ छोरी छन् । उहाँकि श्रीमती दिलशोभा पुन तत्कालीन संविधान सभा सदस्य तथा हाल नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रदेश कमिटी सदस्य हुनुहुन्छ । नेकपाका नेताहरूले स्वर्गीय खड्काकि श्रीमती दिलशोभा पुन लगायत परिवारजनमा समबेदना प्रकट गर्दै धैर्य धारणको निम्ति आग्रह समेत गरेका थिए । उनिहरुले पार्टी सधैब परिवारको साथमा रहने भन्दै सान्त्वना समेत प्रदान गरे ।