शितगंगामा सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण गरिने भएपछि खाता खोल्नेको भीड

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १० मा सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण गरिने भएपछि खाता खोल्नेको भीड लागेको छ । 
 बैंकमा पुगेर रकम झिक्न वृद्धहरुलाई असहज भएपछि कामना सेवा बिकास बैकले गाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।  
सामाजिक सुरक्षाभत्ता लिन वृद्ध सदरमुमकाम सन्धिखर्क झर्नुपर्ने बाध्यता हटाउन र जनप्रतिनिधि आएपछि जन उत्तरदायी बन्न पनि बैंकलाई गाउँमै बोलाएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने अभियान नै चल्न थालेको छ ।
यतिबेला कामना सेवा बिकास बैकले शितगंगा १० का सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने वृद्धहरुकाे खाता खाेल्न गाँउमै पुगेर सेवा दिँदै आएको छ ।  

अन्य समाचारहरु