काठमाडौं । कोरोना महामारीका कारण अति आवश्यक अवस्थामा बाहेक अस्पताल जानेहरुको संख्या विगतमा भन्दा निकै कम छ ।
तर उपचारका लागि अस्पताल जानैपर्ने अवस्थाका विरामी पनि समयमा अस्पताल पुग्न नसक्दा अकालमा ज्यान गुमाउन पुगेकाहरुको संख्या भने धेरै छ ।
जसमा सुत्केरी र गर्भवती महिलाको संख्या बढी रहेको तथ्यांक छ ।
नेपालमा कोरोना संक्रमण देखिएको ७ महिनायता १ सय ३४ जना गर्भवती र सुत्केरी महिलाको मृत्यु भएको छ ।
लकडाउन सुरु भएको गत चैत्र ११ देखि असोज अन्तिमसम्म उनीहरुको मृत्यु भएको हो ।
जसमध्ये ९ जना महिलामा कोरोना संक्रमण र केहीमा लक्षण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी लुम्विनी र प्रदेश १ का छन् ।
नेपालका कोरोनाका कारण मृत्यु हुने पहिलो व्यक्तिनै नौं दिने सुत्केरी महिला थिइन् । उनको जेठ ३ गते मृत्यु भएको थियो ।
महाशाखाकी मातृ तथा नवजात शिशु शाखा प्रमुख डा.पुण्या पौडेलले अस्पताल पुर्याउन हुने ढिलाई,सवारी सधानको अभाव,उच्च रक्तश्राप,उच्च रक्तचापका साथै अस्पतालमा स्रोत साधनको अभावका कारण महामारीको समयमा गर्भवती र सुत्केरी महिलाको मृत्यु हुने दर बढेको बताउनुभयो ।
चैत्र ११ देखि साउन अन्तिमसम्म नै ८० जना गर्भवती र सुत्केरी महिलाको मृत्यु भएको थियो । यस्तै भदौ र असोज महिलामा ५४ जना महिलाले ज्यान गुमाएका छन् ।
परोपकार स्त्री तथा प्रसूती रोग अस्पतालकी निर्देशक डा.संगिता मिश्रा भने गर्भवती र सुत्केरी महिला संक्रमणको उच्च जोखिममा रहे पनि मृत्यु हुने सम्भावना भने निकै कम रहने बताउनुहुन्छ ।
गर्भवती र सुत्केरी अबस्थामा हुने उच्च रक्तश्रापका कारण ३० प्रतिशत महिलाले ज्यान गुमाउने गरेका छन् ।
ती मध्ये पनि अस्पताल पुगेको ४ घण्टा भित्र नै मृत्य ुहुने महिलाको संख्या धेरै रहेको डा.पौडेलले जानकारी दिनुभयो ।
नेपालमा गर्भवती अबस्थामा पनि नियमित जाँच गराउने महिलाको संख्या निकै कम छ ।
झन महामारीका कारण गर्भ परीक्षण गराउनेको संख्या ७२ प्रतिशतले घटेको महाशाखाले जनाएको छ ।
सन् २०१६ मा भएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले समेत ८४ प्रतिशत गर्भवती महिलाले मात्र नियमित स्वास्थ्य परीक्षण गराउने गरेको देखाएको थियो । इमेजच्यानलमा समाचार छ ।