अर्घाको श्री अर्घा रजस्थल मावीमा कोरोना जोखिम सम्बन्धी उपभोक्ता जागरण प्रशिक्षण सम्पन्न (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

अर्घा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -९ अर्घामा रहेको श्री अर्घा रजस्थल मावीमा कोरोना जोखिम विरुद्धका न्युनतम सर्त र सचेतना पालना सहित उपभोक्ता जागरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
अर्घाको श्री अर्घा रजस्थल मावीमा कोरोना जोखिम सम्बन्धी उपभोक्ता जागरण प्रशिक्षण सम्पन्न (फोटो सहित)
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका वार्ड नम्बर -९ अर्घामा रहेको श्री अर्घा रजस्थल मावीमा कोरोना जोखिम विरुद्धका न्युनतम सर्त र सचेतना पालना सहित उपभोक्ता जागरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
अर्घाको श्री अर्घा रजस्थल मावीमा कोरोना जोखिम सम्बन्धी उपभोक्ता जागरण प्रशिक्षण सम्पन्न (फोटो सहित)
प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रअ छबिलाल चुदालीले गर्नुभ्एको थियो । भने प्रशिक्षक शिक्षक निरज भट्टराईले कार्यक्रममा प्रशिक्षण गर्नुभएको थियो ।  
अर्घाको श्री अर्घा रजस्थल मावीमा कोरोना जोखिम सम्बन्धी उपभोक्ता जागरण प्रशिक्षण सम्पन्न (फोटो सहित)
जिल्लाका १० बिधालय छनौट गरि सम्बन्धित बिधालयको एक शिक्षकलाई प्रशिक्षणको जिम्मा दिएको थियो ।  
कार्यक्रममा कक्षा ९,१०,११,१२ का ५० जना बिद्यार्थीहरुलाई ३ समुहमा बिभाजन गरि हरेक समुहलाई २ घन्टाका दरले कक्षा  सन्चालन गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीबाट बिद्यार्थीहरुलाई कपि डटपेन माक्स सेनिटाइजर र खाजाको ब्यबस्था थियो । भने प्रशिक्षणका लागि आवश्यक सामाग्री तथा अन्य आवश्यक खर्चको व्यवस्था समेत उक्त कार्यालयबाट भएको थियो ।
घरेलुु कार्यलयको प्रतिनिधी उपस्तिथित हुने भनिएता पनि बिशेष कारणबस उपस्तिथि हुन सकेनन् ।    
अर्घाको श्री अर्घा रजस्थल मावीमा कोरोना जोखिम सम्बन्धी उपभोक्ता जागरण प्रशिक्षण सम्पन्न (फोटो सहित)

अन्य समाचारहरु