अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -९ अर्घामा रहेको धार्मिक एतिहासिक अर्घा भगवती मन्दिरका लागि मुर्ति निर्माण गरिने भएको छ ।
अर्घा भगवती मन्दिरका लागि मुर्ति निर्माण गरि जिल्लाको धार्मिक क्षेत्रको व्यापक प्रचारप्रसार गर्ने उदेश्य अनुसार मुर्ति निर्माणका लागि काठमाडौंमा एक टोली छलफलमा जुटेको हो ।
अर्घा भगवति मन्दिरमा ऐतिहासिक मुर्ति निर्माण गर्ने लगायतका विषयमा आईतवार काठमाण्डौमा वृहत छलफल भएको छ ।
प्रतिनिधि सभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोप बहादुर रायमाझी लगायत जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थितिमा जिल्लामा रहेका ऐतिहासिक धार्मिक मठमन्दिरको प्रचारप्रसार लगायत विभिन्न विषयमा काठमाण्डौमा छलफल भएको हो ।
छलफल कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकिय अधिकृत कृस्ण प्रसाद सापकोटा, सन्धिखर्क नगरपालिका वडा नम्बर ९ का अध्यक्ष देब बहादुर रायमाझी, अर्घा भगवति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसाल, प्राविधिक हरि बोहोरा, नारायण पोख्रेल, युवा व्यवसायी उदय भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
जिल्लामा ऐतिहासिक सुपा देउराली मन्दिर, अर्घा भगवति मन्दिर, पाणिनी तपोभुमि, मालारानी मन्दिर, मथुराबेसी मन्दिर, बराहदह लगायतका धेरै धार्मिक मठमन्दिरहरु रहेका छन् । यी धार्मिक मठमन्दिरहरुलाई व्यवस्थित र प्रचारप्रसार गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउन सकिन्छ ।