अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाबाट प्रवाह भएका सेवाहरु जनमैत्री छन् कि छैनन् ? सेवा प्रवाहमा के के कठिनाइहरु रहेका छन् ? अब के गर्नु पर्छ कसरी सेवा प्रभाबकारि हुन्छ भनेर सेवाग्राही र सर्वसाधारणहरुसँग गरिएको सर्वेक्षण को प्रतिवेदन समितिका संयोजक तेजलाल पन्थीले एक कार्यक्रमका बिच प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती भनभनेलि समक्ष पेश गर्नुभएको छ ।
सेवाग्राही सन्तुष्टि फारमको माध्यमबाट संकलन गरिएको सर्वेक्षणलाई प्रतिवेदन बनाइ पेश गर्न पालिकाले आलेप सहायक तेजलाल पन्थीको संयोजकमा तिन सदस्यीय समिति गठन गरेको र समितिले अध्यान पछि प्रतिबेदन पेस गरेको प्रमुख प्रसासकिय अधिकृत घर्ती ले जानकारी दिनु भयो । प्राविधिक सहायक सरिता पन्थी र पशु शाखा प्रमुख लक्ष्मण वि.क. सदस्य रहेको सो समितिले १ हप्तामा प्रतिवेदन तयार पारी सोमबार पेश गरेको हो ।
सो प्रतिवेदनमा पालिकाका विषयगत शाखाहरु, वडा कार्यालयहरु र पालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा आउने सेवाग्राहीहरुले सहभागिता जनाएका थिए । सो सम्बन्धमा सेवा ग्राहीले सेवा प्रदायक वा कार्यालयबाट प्रवाहा भएका सेवाहरुका बारेमा स्वतन्त्र रुपमा आफ्ना प्रतिकृयाहरु जनाएका थिए ।