पाणिनीको सृजनशील युवा कल्वद्धारा मानसिक स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रमलाई निरन्तरता

डिआरजी सुमन
पाणिनी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम व्युरो रिपोर्ट) ।  सामान्यतः कुनैपनि युवा कल्वको उद्देश्य कुनैएक निश्चित समाजमा भलिवल खेल्ने वाँमनोरंजन गरेर समय विताउने गरेको पाईन्छ । यसैविच पछिल्लो समयमा पाणिनी गाँउ पालिका भित्र स्थानीय स्तरमाग़ैरसरकारी संस्था र कल्व हरु मार्फ़त पनि सामाजिक सचेतना मुलक कार्यले तिव्रता पाई रहेको छ । यसको एउटा उदाहरण वनेकोछ “समाजको विकास युवाको साथ”उद्देश्य लिएर विक्रम सम्वत्  २०६९ सालमा पाणिनी ७ अड्गुरीमा स्थापित “गणतान्त्रिकसृजनशील युवा कल्व पाणिनी ७ अड्गुरी” । यस कल्व द्धारा पाणिनी गाँउ पालिका भर  “मानसिक स्वास्थ्यजनचेतना अभिवृद्धि कार्यक्रम”  भई रहेका छ । यसैक्रममा अर्घाखाँची जिल्लाको  पाणिनी ४ पटौटी स्थित  देविप्रभा मावि तथा पाणिनी ५ भानु मावीमा सचेतनामुलक कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
पाणिनीको सृजनशील युवा कल्वद्धारा मानसिक स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रमलाई निरन्तरता
मानसिक रुपमा स्वस्थ हुन के-के चाहिन्छ ? मानसिक रोगको कारण के हुन सक्छ? यसका लक्षण तथा समाधानको उपायहरू के केहुन सक्छन ?, वास्तविक रुपमा डिप्रेशन भएको कसरी थाहा पाउने ? मानसिक रोगको संका लागेमा के गर्न सकिन्छ? कोरोना महामारी को बेलामा मानसिक स्वास्थ्य को हेरचाह कसरी गर्ने जस्ता विषयमा सहजीकरण गर्दैआत्महत्या न्यूनीकरण जस्ता बिषयमा प्रशिक्षक तथा कल्वका उपादक्ष्य अनिल पौडेलले  स्पष्ट  पार्नुभएको थियो ।
पाणिनीको सृजनशील युवा कल्वद्धारा मानसिक स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रमलाई निरन्तरता
मुख्यतःमानसिक समस्या को जग घर हुने भएकोले  आफ्नो बालबालिकालाई नैतिक,आध्यात्मिक र राम्रो आचारण सिकाउन जरुरी रहेको कुरा प्रशिक्षकले राख्नु भएको थियो  । कार्यक्रममा अभिभावकबाट धेरै आशा राखिनु  र बालबालिका को इच्छा तथा चाहाना लाईउपेक्षा गर्दा परिणाम नराम्रो आउने कुरालाई ध्यानमा राख्न प्रशिक्षक ले आग्रहसमेत गर्नुभयो । प्रशिक्षक अनिल पौडेल जनस्वाथ्य(DPH) को विद्यार्थि समेत रहनु भएको छ ।
पाणिनीको सृजनशील युवा कल्वद्धारा मानसिक स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रमलाई निरन्तरता
पाणिनी गाँउ पालिका वडा नं ५ भानु मावीमा  आयोजित कार्यक्रममा कल्वकै सचिव निर्मलापोखरेलको अध्यक्षता,संस्थाका उपाध्यक्ष अनिल पौडेलको सहजीकरण,सदस्य कमल घर्तिको  संचालनमा सम्पन्न भएकोकार्यक्रममा सस्थाका सदस्य मनोज पन्थी,कक्षा १० का विद्यार्थी,शिक्षक लगाएको उपस्थिति रहेकोकार्यक्रममा भानु मावीका प्रधानाध्यापक डिलाराम घिमिरे प्रमुखआथित्यता रहेको थियो । यस्तै पाणिनी गाँउ पालिका वडा नं ४ स्थितकार्यक्रममा प्रमुख अथितीको मन्तव्य राख्दै  देवी प्रभा मावी प्रधानाध्यापक हरी प्रसाद घिमिरेले कल्वको यसकार्य प्रति खुलेर प्रशंसा व्याक्त गर्नु भएको थियो । विद्यालयका शिक्षक तथा कक्षा १० का 
पाणिनीको सृजनशील युवा कल्वद्धारा मानसिक स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रमलाई निरन्तरता
विद्यार्थी को उपस्थितमा भानु मावी तथा देवी प्रभा मावी मा सम्पन्न भएको कार्यक्रममा संस्थाको सचीव तथा कार्यक्रमको अध्यक्षतागर्नु भएको निर्मला पोखरेलले सस्थाले गरेका कार्यको वारेमा जानकारी गराउदै कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
पाणिनीको सृजनशील युवा कल्वद्धारा मानसिक स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रमलाई निरन्तरता
पाणिनीको सृजनशील युवा कल्वद्धारा मानसिक स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रमलाई निरन्तरता
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम ।

अन्य समाचारहरु