बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
– गणेश खनाल
सन्धिखर्क २६ चैत्र । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम
भट्टराईले सहमती सहकार्य र एकताले मात्र राष्ट्रि्रय निकास निस्कने
बताउनुभएको छ ।
नेकपा माओवादी अर्घाखाँचीका कार्यकतालाई बुधवार राति सम्वोधन गदै नेता
भट्टराईले सहमतिका लागी नै माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नु
पर्ने बताउनुभयो ।
माओवादीको एकमात्र शर्त वर्तमान सरकारको नेतृत्व परिवर्तन र राष्ट्रिय
सहमतीको सरकार बनाएर सहमतीकै आधारमा शान्ति संविधान निर्माण गर्ने
रहेकाले राष्ट्रीय सहमतीको सरकार नभए देशले निकास नपाउने उहाँको भनाई
थियो ।
नेता भट्टराईले नेपाली सेनाको लोकतान्त्रिकरण र जनमुक्ती सेनाको समायोजन
गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सबैभन्दा ठूलो दलको नेतृत्वमा गठन
भएको संयुक्त सरकार स्थायी हुने र त्यसले राष्ट्रिय सहमति निर्माण गरि
संविधान जारी गरी शान्ति प्रकृया समेत निष्कर्षमा पुराउने दाबी गर्नु
भएको छ ।
दुईतिहाई बहुमत भएको सरकारले मात्र संविधान निर्माण गर्न सक्ने भन्दै जेठ
चौधमा संविधान नवनेमा देशमा नयु सशस्त्र भिडन्त समेत हुने चेतावनी दिनु
भएको छ ।
सविधान जारी हुन अव धेरै दिन बाकी नरहेकाले राष्टिय सहमाीका लागी माधव
कुमार नेपालले राजिनामा दिनु नै उतम हुने उहाँको तर्क थियो ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।