धारापानी गाविसका बासिन्दाले अठ्ठाईस वर्षपछि खानेपानी पाए – (तस्बिर सहित)

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

– वीरेन्द्र के.सी

अर्घाखाँची- धारापानी गाविसका बासिन्दाले अठ्ठाईस वर्षपछि खानेपानी पाएका
छन । योजना शुरु भएको अठ्ठाईस वर्षपछि सम्पन्न भएपछि घर घरमा धारा जडान
भएका छन । मुहान सुकेर जताततै खानेपानीको हाहाकार मच्चिरहेका बेला
धारापानीमा सबैका घरमा धारा जडान भएपछि गाउँमा खुसियाली छाएको छ ।


गाउँमा खानेपानीको अभाव भएपछि स्थानीयले आपनै पहलमा ०३८ सालमा योजना शुरु
गरेका थिए । लेवासे खोलाको मुहानबाट ८ किलोमिटर टाढाबाट गाउँमा
खानेपानीको योजना २८ वर्षपछि सम्पन्न भई पानी खान पाएको खुसियालीमा
गाउँलेले भोजभतेर र नाचगान समेत गरे । खानेपानीबाट धारापानी गाविसका
ठुलाखर्क टाकुरा र रातामाटा  गाउँका २ सय ५० घरदुरीलाई ३७ वटा धारा जडान
भएपछि उनीहरुमा खुसी र उमङ्ग छाएको छ । ग्रामिण खानेपानी तथा सरसफाई कोष
विकास समिति फनबोर्ड र ग्रामिण खानेपानी तथा स्वालम्बन विकास केन्द्रले
३४ लाख आर्थिक र प्राविधिक सहयोग गरेको छ । खानेपानी ल्याउन गाउँलेले
प्रतिघर पाँच हजारका दरले रकम संकलन र जनश्रमदान गरेका थिए ।

उपभोक्ताका अनुसार योजना सम्पन्न गर्न झण्डै ६५ लाख खर्च भएको छ । गाउँमा
खानेपानी ल्याउन गाउँलेहरुले २८ वर्षसम्म निरन्तर श्रमदान गरेका थिए । ३८
सालमा योजना स्थानीय गाउँको प्रयासमा योजना साचालन भयो पाईप सिमेन्ट र
अन्य सामाग्री किन्न नसक्दा सरकारी निकायलाई गुहार गर्दा वास्ता गरेनन्
बीचमा रोकियो ४२ सालमा राष्ट्रिय योजना आयोगमा बजेट माग गर्दा दिएन ४८
सालमा आयोगले रकम छुटाएर पनि दिएन स्थानीय उपभोक्ता टिकाराम भुसालले भने
६० सालमा दुवै सस्थाले आधा काम गर्दा मुहानमा विवाद भयो ६५ सालसम्म
रोकिएपछि ६६ सालमा योजना सम्पन्न भएको हो ।

लेवासे मुहानबाट गाउँमा ल्याउन पाईप समेत राख्न नसकिने पहरो सहितको
डरलाग्दो भिर भएकाले निरन्तर काम गर्दा कठिनाई भएको उनले बताए । ३८ सालमा
योजना शुरु गर्दा खानेपानी ल्याउन सकिएला जस्तो लागको थिएन स्थानीय कमला
खनालले भनिन पानी नभएर दुई घण्टाको खोलाबाट ल्याएको एक गाग्री पानीले दुई
दिनसम्म निर्वाह गर्नुपथ्यो अहिले धेरै दुख पाएर गाउँमा धारामा पानी
खस्दा हामि जीवनमा सबैभन्दा खुसी छौ ।

पहाडको भीर र कन्दराबाट गाउँमा पानी ल्यायौ त्यो दिन सम्झदा मनै रुन्छ
दुख त भनिसाध्य छैन उनले भनिन कसैले सहयोग गरेन निरन्तर काम गरिरहयौ रात
दिन भोक तिर्खा नभनेर काम गर्यौ अहिले घरमा धारा खसेका छन हामी अैधि खुसी
छौ । कतिदिनसम्म त खाना पकाउने पानी नपाईएर भोकै बस्यौ उनले दुखेसो साटिन।

उक्त खानेपानीको मुहानबाट स्थानीय गाउँलेको प्रयासबाट ग्रामिण आर्थिक
विकास सस्था रेडाले २२ किलोवाटको लघु जलविद्युतको काम भैरहेको छ ।
विद्युतबाट दुई सय घर परिवार लाभान्वित हुने भएका छन । त्यसमा पनि
गाउँलेले दुई महिना देखी निरन्तर श्रमदान गरेका छन । केन्द्रका कार्यक्रम
संयोजक रामजी प्रसाद भटराईनले धेरै कष्टकर श्रमबाट गाउँलेलाई खानेपानी
ल्याउन सकिएको बताए । गाउँमा ३७ धारा र पाँच टयाकी निर्माण भएका छन ।

विहान बेलुका धारा खुला हुनेछन भने अन्य समयमा टयाकीमा पानी जम्मा गरेर
पानीको सदुपयोग हुने उनले बताए । संयोजक भटराईका अनुसार जिल्लामा साचालन
भएका १२ योजना मध्ये यो धेरै मेहनत र दुखबाट भएको हो । गाउँमा आएको
खानेपानीको सोमबार स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले उदघाटन
गरेपछि गाउँले दिनभर खुसियालीमा नाचगान गरेका थिए । उदघाटपछि धारामा
खसेको पानी सबै गाउँलेले सामुहकि खाँदै भन्दै थिए २८ वर्षको कठोर श्रमको
बल्ल प्यास मेटियो ।

काकाकुल अवस्थामा रहेको गाउँमा पानी आएपछि सबैभन्दा महिला अैधि सुखी भएका
थिए । उनीहरुले नाचगान र एक आपसमा अँगाले बाँधेर खुसियाली साटासाट गर्दै
पानी आएपछि गाउँको अवस्थाको आमुल परिवर्तन हुने विश्वास गरेका थिए ।

 जन्मेदेखी मरुन्जेलसम्म मान्छेलाई पानीको आवश्यक्ता हुने भएकाले पानी
आएपछि जीवन धान्ने मौका सहज भएको बताएका थिए । खानेपानीको अधिकतम सदुपयो
गरी गाउँमा तरकारी अन्न खेती पशु पालन र बालिनालीमा सिचाईको व्यवस्था
मिलाई गाउँलाई नमुना बनाउने समुहिक योजना भएको उपभोक्ता समितिका अध्यक्ष
नारायण प्रसाद भुसालले बताए ।

तस्बिर -वीरेन्द्र केसी-अर्घाखाँची

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।

अन्य समाचारहरु