माधव खनाल
कालीकोटका अध्यापनरत माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकबहादुर गिरीलाई नेकपा निकट एक अराजक समूहले हातपात तथा ज्यान मार्ने धम्की दिएपछि अखिल नेपाल शिक्षक सङ्घले प्रेसविज्ञप्तिमार्फत कडा कारबाही गर्न माग गरेको छ ।
शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेलको हस्ताक्षरमा सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा यस्तो माग गरिएको हो ।
नेकपा निकट नरेन्द्र गिरी नेतृत्वको अराजक समूहले हातपात तथा ज्यान मार्ने धम्की दिएपछि पीडित शिक्षक गिरी ज्यान जोगाउन अन्तै भाग्न विवश भएको जानकारी दिइएको सो विज्ञप्तिमा अगाडि भनिएको छ–
“अखिल नेपाल शिक्षक सङ्घ जिल्ला समिति कालीकोटका सचिव तथा शङ्कर माध्यमिक विद्यालय सान्नीत्रिवेणी गापा–१ सेरीज्युलाका प्रधानाध्यापक श्री टेकबहादुर गिरीलाई सोही गाउँका नेकपा निकट नरेन्द्र गिरीको अराजक समूहले विद्यालयमा काठ खरिद्सम्बन्धी लेनदेनमा हिसाब आफ्नो अनुकूल नभएको भनी बहाना बनाई २०७७ कार्तिक ३० गते राती १२ बजे मदिरा सेवन गरी आफ्नै घरमा सुतिरहेको समयमा प्रअ गिरीलाई तथानाम गालीगलौज गर्दै “आज तेरो अन्तिम दिन हो” भनी अश्लील शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिँदै घर तोडफोड गर्दै हातपात गरेपछि ज्यान जोगाउन घरबाट अन्यन्त्र भाग्न बाध्य बनाइएको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
शिक्षण पेसाामा संलग्न इमान्दार माध्यमिक विद्यालयका प्र.अ. एवम् अखिल नेपाल शिक्षक सङ्घ जिल्ला समितिका जिम्मेवार सचिवमाथि अपराधिक आततायी समूहबाट भएको यो घटनाको घोर भत्र्सना गर्दछौँ । यस्ता निन्दनीय क्रियाकलाप गर्ने व्यक्ति र ती अपराधिक समूहलाई संरक्षण गर्ने व्यक्तिसमेतलाई सम्बन्धित निकायबाट कडाभन्दा कडा कारबाही गर्न अखिल नेपाल शिक्षक सङ्घ केन्द्रीय समिति विज्ञप्तिमार्फत् जोगदार माग गर्दछ ।”
यस्तो छ प्रेसविज्ञप्ति