अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा लैङ्गिक हिंसा विरुद्द १६ दिने अभियान शुरु भएको छ ।
सन्धिखर्क नगरपालिकाको आयोजनामा भएको १६ दिने अभियानको नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यता नगर उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद सापकोटाको अतिथ्यतामा भएको कार्यक्रममा वार्ड नम्बर ३ का अध्यक्ष लिलाराम गौतम वार्ड नम्बर २ का वार्ड सदस्य शुस्मा श्रेष्ठ गैरसरकारी संस्थाका अध्यक्ष ठाकुर अधिकारी लुम्बिनी सामाजिक बिकास केन्द्रका हरि पौडेल लगायतको उपस्थितिमा कार्यक्रम उदघाटन गरिएको थियोे ।
कार्यक्रम पुस्पा भुसालको सन्चालन बेलकुमारी परियारको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।