डिआरजी सुमन
पाणिनी, (अर्घाखाँची डटकम । व्युरो रिपोर्ट ।) “समाजको विकास युवाको साथ”उद्देश्य लिएर पाणिनी ७ अड्गुरीमा स्थापित “गणतान्त्रिकसृजनशील युवा कल्व द्धारा पाणिनी गाँउ पालिका भर “मानसिक स्वास्थ्य जनचेतना अभिवृद्धि कार्यक्रम” सम्पन्न छ ।
वुधवार पाणिनी गाँउ पालिका वडा नं १ पणेना स्थित सरस्वती मावी र नेपाल राष्ट्रीय मावीमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएसँगै पाणिनी गाँउ पालिका स्थित सवै वडामा कार्यक्रम सकिएको आयोजक संस्था गणतान्त्रिकसृजनशील युवा कल्व ले जानकारी गराएको छ । सरस्वती मावी का विद्यार्थी र शिक्षकको सहभागिता भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गेहेन्द्र प्रसाद भट्टराईले प्रमुख आथितिको मन्तव्य राख्दै युवा कल्वको कार्यलाई प्रसंसा गर्नु भएको थियो।
यस्तै नेपाल राष्ट्रीय मावी पणेनामा आयोजित सोही प्रकृतिको कार्यक्रममा सुभ कामना मन्तव्य राख्दै प्रधानाध्यापक तथाकार्यक्रमका प्रमुख अथिती पुष्कर राज पोखरेल ले यस कल्वको चेतनामुलक कार्यको खुलेर समर्थन गर्दै आगामी दिनमा पनि यस्तैअनुकरणीय कार्यक्रम गर्न कल्व लाई आग्रह गर्नु भएको थियो ।
गणतान्त्रिक सृजनशील युवा कल्वको सचिव निर्मला पोखरेलको अध्यक्षता,विद्यालयका प्रधानाध्यापक को प्रमुख आथित्यता तथापत्रकार चोलनाथ पौडेल लगायतको आथित्यता रहेको कार्यक्रम संस्थाका उपादक्ष्य अनिल पौडेलको सहजीकरण,कमल घर्तिकोसंचालन,सदस्य अजय कार्की,कोषाध्यक्ष हिम्मत कार्कि लगायतको उपस्थितमा सम्पन्न भएको थियो ।