अर्घाखाँचीमा हावाबाट बिजुली उत्पादन, कुनै पहल भएन्

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता रहेको छ । 
तर जिल्लाका विभिन्न ठाउँमा हावाबाट बिजुली निकाल्न सकिने देखिएपनि हाल सम्भाव्यता अध्ययनका लागि कुनै पहल भएको छैन् । जिल्लाका कयौ भागमा विद्युतीकरणको अभावमा अझै पनि जिल्लाबासी अन्धकारमा बसिरहेका छन् ।  
जिल्लाको मालारानी, भूमिकास्थान, शितगंगा, पाणिनी लगायतका विभिन्न क्षेत्रमा हावाबाट बिजुली निकाल्न सकिने सम्भाव्यता रहेको देखिन्छ । यस्तै खाँचीकोटको मसिना लेक, हंसपुर, जालकाडा लगायतका क्षेत्रमा अध्ययनका लागि चर्चा भएता पनि कुनै पहल भएको देखिदैन ।   
अर्घाखाँचीका कैयौ ठाउँमा अधिकांश समय मौसम बाक्लो हुस्सु र हावाको वेग चलिरहन्छ । हंसपुर, जालकाडा लगायतका क्षेत्रमा कुनै एक ठाउँमा वायुबाट २० देखि ५० किलोवाट विद्युत् उत्पादन हुने अनुमान छ । 
जिल्लाका केही जनप्रतिनिधीहरुले चुनावका बेला हावाबाट बिजुली उत्पादन गरी घरघरमा झलमल्ल बनाउने आश्वासन दिएपनि अहिले उनिहरुको ध्यान जान सकेको छैन् । हावाबाट बिजुली उत्पादन भएमा बर्षौदेखि झेल्दै आएका जिल्लाका हजारौं घरधुरी लाभान्बित हुने देखिन्छ । 
विज्ञका अनुसार अर्घाखाँचीमा रहेको वायुको बहावलाई ऊर्जामा परिणत गर्ने हो भने वायु ऊर्जाको अंश यहाँ आउने झिम्रुक, पाल्पा लाइनको कुल विद्युत्को उल्लेख्य अंश हुनेछ ।   
हावाबाट विद्युत उत्पादन भएमा नागरीकहरु लाभान्वीत हुन्छन् भन्नेमा दुई मत छैन् ।
वायु सौर्य हाइब्रिड प्रणाली
अर्घाखाँचीमा वायु सौर्य हाइब्रिड प्रणालीको प्रवद्र्धनमा उच्च प्राथमिकता दिन सकिन्छ । वायुको बहाव एकनाश नहुने तथा सूर्यको किरण पनि एकनास नरहने हुँदा विद्युत् उत्पादनमा हुने तलमाथिलाई घटाउन दुई प्रविधिको संयोजनबाट वायु सौर्य हाइब्रिड प्रणालीको अवधारणा विकास भएको हो ।