झनक केसी
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) अर्घाखाँचीको श्रद्धाञ्जली तथा समवेदना कार्यक्रम सम्पन्न भएको छ ।
सितापुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) अर्घाखाँचीले युबा व्यावसायी प्रेम बहादुर क्षेत्रीको नवौ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली तथा समवेदना कार्यक्रम सम्पन्न गरेको हो ।
स्व. क्षेत्रीको निवासमा सम्पन्न श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खडका (उज्वल),चेत नारायण आचार्य प्रदेश सभा सदस्य नेकपा जिल्ला कमिटी अध्यक्ष,काशी राम आचार्य नेकपा सिनपा सह इन्चार्ज,वसन्त श्रेष्ठ नेकपा सितगङ्गा अध्यक्ष,मणि अधिकारी नेकपा सितगङ्गा सचिब,गोबर्धन थापा नेकपा सितगङ्गा २ वाड अध्यक्ष तथा जिल्ला कमिटी सदस्य,राम प्रसाद नेकपा जि.क.स.भटराई,छम कुमारी खनाल नेकपा प्रदेश कमिटी सदस्य , राम बहादुर चौहान नेकपा जि.क.स, शरोज भुषाल नेकपा जि.क.स, प्रेम नारायण गैरे नेकपा जि.क.स,ठाकुर कुमार बिक (सौराग) नेकपा जि.क.स,भविस्वर पाण्डे नेकपा जि.क.स, राम चन्द्र पोख्रेल नेकपा जि.क.स, धर्म भुषाल नेकपा जि.क.स,तेस्तै ऋषि राम घिमिरे नेकपा सितगङ्गा कार्यलय सचिब,गोबिन्द भुषाल युवा संघ जिल्ला इन्चार्ज अर्घाखाँची,कृष्ण पोख्रेल नेकपा जि.क.स.लगाएर सितापुर वाड कमिटी अध्यक्ष लेख बहादुर गुरुङ्ग सरस्वती माबीका प्रअ खुम राज बेल्बासे, घर्म राज खनाल लगायत आफन्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा शोक ब्यक्त गर्दै क्रमश वाडअध्यक्ष गोबर्धन थापाले हाम्रो वाडलाई ठुलो क्षती भएको भन्दै समबेदना प्रकट गरे । त्यस्तै शितगंगा नगर अध्यक्ष बसन्त श्रेष्ठले हामीले निकै कोशीस गर्दा पनि बचाउन सकेनौ एउटा होनहार कम्रेड गुमाएका छौ। त्यस्तै प्रदेश सभा सद्स्य चेत नारायण आचार्यले मैले बिरामी बिसी भैरेहवा पुगेपछि कुनै कसुर नराखेको बताउदै बचाउन सकिएन अन्तिममा भैरहवा डाक्टरले उपचारमा कुनै कमि राखेनौ भन्दै सरि भन्दै फोन आएको बताउनु भयो । शितगङ्गा २ मा नेत्र बहादुर क्षेत्रीपछि प्रेम बिसी गुमाउनु पर्दा पार्टिलाई ठूलो धक्का पुगेको महसुस गरेका छौ; आचार्यले भन्नु भयो ।
साथै राष्टिय सभा सद्स्य चन्द्र बहादुर खडका उज्ज्वलले अर्घाखाँचीमा जल्दा बल्दा युवा क्रमस गुमाउनु पर्दा हामीलाई मात्र नभै हाम्रो पार्टीलाई ठूलो धक्का पुगेको महसुस गरेका छौ। हाम्रो पार्टीले नानी बाबुहरुलाई पार्टीले सहयोग गर्ने, अब कोरोनालाई खेलबाड सम्झेर आफै सचेत भएनौ भने यस्ता घटना घटी रहने बताए।
शोक सभा कार्यक्रमको समापन शितगंगा २ वाड कमिटी अध्यक्ष लेख बहादुर गुरुङ्गले गरेका थिए भने कार्यक्रम संचालक नेकपा जिल्ला कमिटी सदस्य यादब आलेले गर्नु भएको थियो।