अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाकाे काेठिया क्षेत्र र ११ सिद्धाराको ढुङ्गेसेरा क्षेत्रका पहिराे प्रभावितलाई नेपाल रेडक्रस साेसाईटी अर्घाखाँचीले राहात प्रदान गरेकाे छ ।
जमिन भासिएर घरबार बिहिन भएका कोठिया मैदानका ५१ घरपरिवार र ढुंगेशेराका ९ घर परिवारलाइ पैति घर परिवार ५ हजार रुपैयाका दरले राहात प्रदान गरेको हो ।
शितगंगा नगरपालिकामा गत आश्विन ९ गते जमिन भासिएर पहिरो जाँदा ६० घर परिवार बिस्थापित भएका छन् । जमिन भासिँएर पहिरो जाँदा सिंगो क्षेत्रनै जोखिममा परेको छ । झण्डै ३ सय घर पहिरोको जोखिममा रहेका छन् ।
पहिरो प्रभावित क्षेत्रमा असोज महिनामा पनि रेडक्रस सोसाइटीले त्रिपाल, खाद्यान्न, लत्ता कपडा, भाडाकुडा सहितका एक सेट राहात सामाग्रहीहरु प्रदान गरेको थियो । वडा नम्वर १२ र ११ मा कार्यक्रम गरेर राहात रकम प्रदान गरेको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य शम्भु पोख्रेल, शितगंगा नगरपालिका वडा नम्वर १२ का अध्यक्ष बाबुराम गैरे, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति कुशल भुसाल, जिल्ला कोषाध्यक्ष तुल्सी पौडेल, ठाकुर अधिकारी, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला सदस्य बसन्त श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।