जुकेनामा प्रहरीको दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शिगंगा नगरपालिका वार्ड ५ जुकेनामा सवारी साधनका चालक ,सह-चालक र सवार यात्रुहरुलाई प्रहरीको दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । 
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा अभियान  अन्तर्गत  अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाबाट  जुकेना स्थित ग्रामिण भेगमा खटिएको संयुक्त ट्राफिक चेकिङ टोलीले श्री सुदा माध्यामिक बिध्यालयमा अध्यनरत ३० जना छात्र छात्रा हरुलाई बिध्यालय जादाको समयमा सडकमै जम्मा गरी जम्मा गरी दुर्घटना न्युनिकरण, सवारी साधनमा यात्रा गर्दा वा सडक प्रयोग गर्दा अपनाउनु पर्ने साबधानी हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सुरक्षा र साबधानी सम्बन्धी प्रशिक्षण दिएको थियो । 
सोही अवसरमा  बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरीएको थियो । 

अन्य समाचारहरु