सन्धिखर्क-गाेरुसिङे सडक खण्डका विभिन्न ठाउँमा प्रहरीको सचेतना सम्बन्धी प्रशिक्षण

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क – गाेरुसिङे सडक खण्ड लगायतका विभिन्न ठाउँमा सवारी साधनका चालक ,सह-चालक र सवार यात्रुहरुलाई प्रहरीको दुर्घटना न्युनिकरण प्रशिक्षण जारी राखेको छ ।   
सवारी दुर्घटना न्युनिकरण, प्रभावकारी ट्राफिक ब्यवस्थापन गरि सुरक्षित यात्रा अभियान अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले बिभिन्न सवारी साधन चेकजाँचको क्रममा चालक सहचालक १ पटकमा २० जना र सर्बसाधरण २ पटकमा ७० जना गरी ३ पटकमा ९० जनालाई सडकमै जम्मा गरी दुर्घटना न्युनिकरण, सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु ,सवारी साधनमा यात्रा गर्दा वा सडक प्रयोग गर्दा अपनाउनु पर्ने साबधानी हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सुरक्षा र साबधानी सम्बन्धी प्रशिक्षण दिएको थियो । 
सोही अवसरमा  बिभिन्न सन्देशहरु लेखिएका पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।