खिदिम, अर्घाखाँची डटकम्/व्युरो रिपोर्ट । पाणिनी गाँउपालिका वार्ड नं ३ खिदिम देवचौर स्थित कालिमाटी लिफ्टिङ खानेपानी योजनाको पाईप अज्ञात समुहद्धारा आगज़नी गरी लाखौको क्षति भएको छ ।
लिफ़्टींग पाईप लाईन अन्तिम चरणमा पुगेको अवस्थामा यसरी जलाईनु दुखदरहेको योजनाका अध्यक्ष विष्णु प्रसाद अर्यालको भनाई छ ।
यस योजनाको पाईप जलाईएको खवर पाएपछि तुरुन्त घटनास्थलमा पाणिनीगाँउ पालिका उपाध्यक्ष लक्ष्मी गौतम,३ नं वडा अध्यक्ष देवी वहादुर क्षेत्री,वडासदस्य ओमप्रकाश भूसाल,पाणिनी पर्यटन समाज का अध्यक्ष झविनसुनाम,उपाध्यक्ष धुर्व घिमिरे,सचिव केशव वन्जाडे, अर्घाखाँची डटकमसंवाददाता चोलनाथ पौडेल घटनास्थल पुग्नु भएको थियो ।