नेपालगन्ज बस दुर्घटनामा अर्घाखाँची घर भएका २८ वर्षीय शालिकराम ढकालको मृत्यु

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

नेपालगन्ज – नेपालगन्जबाट दाङ गइरहेको ना ३ ख ३१९४ नं. को यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुश्मा–२ मा शुक्रबार दिउसो दुर्घटना हुँदा एकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बसका मालिक अर्घाखाँची घर भई हाल नेपालगन्जमा बस्दै आएका २८ वर्षीय शालिकराम ढकाल छन्। ढकालको अर्घाखाँचीको घर ठेगाना भने थाहा हुन सकेको छैन।

यसका साथै उक्त दुर्घटनामा बीस जना घाइते भएका छन्।

कोहलपुरका प्रहरी निरीक्षक रुपेश रावलका अनुसार नेपालगन्जदेखि करिब ५० किमी टाढा खासकुश्मा– २ मा पर्ने मोडमा बस पल्टेको थियो।

गम्भीर घाइते तीन वर्षीय बालकलाई उपचारका लागि लखनउ पठाइएको छ। बाँकी घाइतेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। चालक फरार छन्।

 —————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।

अन्य समाचारहरु