पाणिनी गाउँपालिकामा नेकपा र कांग्रेस परित्याग गरी २ दर्जन राष्ट्रिय जनमोर्चामा प्रवेश

बसन्त खड्का
पाणिनी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा नेकपा र नेपाली कांग्रेस पार्टी परित्याग गरी दुई दर्जन राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । बुधबार भएको राष्ट्रिय जनमोर्चाको प्रशिक्षणका क्रममा २२ जना भन्दाबढी व्यक्तिहरु राजमोमा प्रवेश गरेका हन् । 
नव प्रवेशीहरुलाई राजमोका केन्द्रीय सदस्य झबिलाल थापा, जिल्ला अध्यक्ष थम्मन केसी लगायत नेताहरुले अबिर लगाएर स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरु १६ वर्षका युवादेखि ९० वर्षका वृद्धसम्म छन् । कार्यक्रममा राष्ट्रिय जनमोर्चा र अखिल नेपाल महिला संघको टोल समिति समेत गठन भएको छ ।
यस्तै राष्ट्रिय जनमोर्चा पाणिनी गाउँ समितिले एक दिने प्रशिक्षण भेला सम्पन्न गरेको छ । भेलामा राजमो नेताहरुले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
राजमो केन्द्रीय सदस्य झबिलाल थापा, जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला सचिव एवं भूमिकास्थान नगरपालिका–४ का वडाअध्यक्ष बाबुराम पन्थी, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसी र अखिल नेपाल महिला संघकी नेतृ साबित्रा घिमिरेले देशको समसामयिक बिषयमा प्रक्षिक्षण दिनु भएको हो ।
कार्यक्रमको अध्यक्षता केहरसिंह घर्ती र सन्चालन मिजास सोमरेले गर्नुभएको थियो ।
प्रक्षिक्षणको क्रममा पाणिनी अखिल नेपाल महिला संघ टोल समिति गठन भएको छ। जसको अध्यक्ष निम कुमारी घर्ती मगर सचिबमा भुमा घर्ती मगर सदस्यहरुमा चुरिकला बिष्णु घर्ती मगर निर्मला घर्ति मगर रहेका छन् महिला नेतृ साबित्रा घिमिरेको विशेष उपस्थितिमा  ५ सदस्यीय टोल समिती गठन गरेको थियो।तेस्तै राजमो पाणिनी टोल पनि  गठन भएको छ।
टोल समितिको अध्यक्ष कृष्ण घर्ति मगर सचिबमा टिकाराम घर्ति मगर सदस्य हरूमा टान बहादुर रासकोटि अम्बिका घर्ति मगर सोमानसिंह रेस्मि रहेका छन् ।नंया समितिलाई राजमो केन्द्रिय सदस्य झबिलाल थापा राजमो जिल्ला अध्यक्ष थम्मन के.सि.जिल्ला सचिब बाबुराम पंथि ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष गोबिन्द बि.सि.देबि भुसाल निमिराज भट्टराई साबित्रा घिमिरे नारायण न्यौपाने श्रीधर रावल लगाएतको टोलिले प्रक्षिक्षण दिएको थियो । 

अन्य समाचारहरु