अर्घाखाँची कांग्रेसद्धारा नेता रामचन्द्र पौडेललाई प्रहरीले गरेको गिरफ्तारी प्रति निन्दा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई प्रहरीले गरेको गिरफ्तारी प्रति नेपाली कांग्रेस अर्घाखाँचीले निन्दा गरेको छ । 
जिल्ला सचिव विष्णु प्रसाद भुसालले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देखाएको निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल रिहा गर्न माग गर्दै अन्यथा उत्पन्न हुने परिस्थितिको सामनाका लागि तयार बस्न पनि सरकारलाई चेतावनी दिएको छ ।