सन्धिखर्क नगरपालिकामा बिबेकशिल नेपाली दलको नगर कमिटी गठन, संयोजकमा धुर्बराज आचार्य

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा बिबेकशिल नेपाली दलले धुर्बराज आचार्यको संयोजकत्वमा नगर कमिटी गठन गरेको छ ।
सन्धिखर्क नगरपालिकामा बिबेकशिल नेपाली दलले धुर्बराज आचार्यको संयोजकत्वमा सात  सदस्यीय नगर कमिटी गठन गरेको हो ।
जसमा संयोजकमा धुर्बराज आचार्य सदस्यहरुमा क्रमश: देवराज भट्टराई, रबिन शाह, बिनोद खत्री, शुनिल सुनार, सुशील श्रेष्ठ , रबिन आचार्य, कृष्ण प्रसाद पोख्रेल, रहनु भएको छ । 
देशमा मौलाइरहेको भ्रष्टाचार, कालाबजारी दण्डहीनता , देखि ग्रसित भै जनता हरु को ध्यान गणतन्त्र को विकल्प तिर लाग्दै गरेको बेला यो बिबेकशिल नेपाली दल गणतन्त्रको बचाउको निम्ति देशैभरी आफ्नो अभियान सुरु गरेको संयोजक धुर्बराज आचार्यले बताउनु भयो ।  
पुर्णतः युवाहरु संलग्न रहेको यस बिबेकशिल नेपाली दलले देशको नेतृत्व आफ्नो हातमा लिइ देशलाई युग सुहाउँदो गन्तव्य तर्फ लैजाने अठोट समेत गरेको छ, जसको लागि सम्पुर्ण देशप्रेमी युबाशक्ती लाई यस दलमा आबद्ध हुन आग्रह समेत आचार्यले गर्नु भएको छ। 

अन्य समाचारहरु