डिभर्नाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अर्घाखाँचीडट्कम संवाददाता 
डिभर्ना, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा रहेको डिभर्ना स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री सहितका विभिन्न सामानहरु हस्तान्तरण गरिएको छ । 
सक्षम परियोजना अपाङ्ग अस्पताल अर्घाखाँचीले उपलब्ध गराएका सामानहरु नगर प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिकले वार्ड नम्बर ११ का वार्ड अध्यक्ष धुर्व राज आचार्य र स्वास्थ्य चौकी ईन्चार्जलाई हस्तान्तरण गर्नु भएको थियोे ।
कार्यक्रममा वार्ड नम्बर ३ का अध्यक्ष लिलाराम गौतम महिला बिकास शाखाका प्रमुख बेलकुमारी परियार पुस्पा भुसाल सक्ष्ँम परियोजनाका रक्षा पान्डे लगाएतको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु