अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका विभिन्न वार्डहरुमा २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।
कार्यक्रमको एक समारोहबीच गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले उदघाटन गर्नु भएको हो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवि श्रेष्ठ प्रमुख प्रशासकिय अधिकृत पवन अर्याल गाउँपालिकाका शाखा प्रमुखहरु अपाङ्गको क्षेत्रमा काम गर्ने सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।