अर्घाखाँचीडट्कम संवाददाता
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ बल्कोटको झिरबासमा २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बल्कोटको झिरबासमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्नुभएको थियो ।
अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा उपध्यक्ष तुल्सी देवि श्रेष्ठ, वार्ड नम्बर २ का अध्यक्ष राजेश कुमार पन्थी लगायतको उपस्थिति रहेको थियो ।