शितगंगामा विवेकशील नेपाली दल अर्घाखाँचीद्धारा नगर सचिवालय कमिटी गठन

सागर बेल्बासे
शितगंगा, अर्घाखाँची   (अर्घाखाँचीडट्कम)  ।  विवेकशील नेपाली दल अर्घाखाँचीले  शितगंगा नगरपालिकामा नगरकमिटी घाेषणा गरेको छ।
यहि मङ्सिर १५ गते भर्चुअलकाे माध्यम बाट एक कार्यक्रम गरि २० सदस्यीय  नगर कमिटी घाेषणा गरेको थियाे।
 जसमा विवेकशील नेपाली दल केन्द्रीय अध्यक्ष मिलन पाण्डे संघठन विभाग उप-प्रमुख सचेन घले  केन्द्रीय सदस्य महेश पाठक , जिल्ला उपाध्यक्ष केशब पाण्डे , जिल्ला सचिव सुरज भुसाल जिल्ला सदस्य सागर बेल्बासे प्रबाँस समिति सदस्य केशव पन्थी अशोक पाण्डे लगाएतका विवेकशील नेपाली दलमा आवद्ध सदस्य हरुकाे सहभागी रहेको थियो ।
विभिन्न सामाजिक संस्थामा अवद्द तथा सामाजिक अभियान्ता कृष्ण आचार्यकाे अध्यक्षतामा गठित सचिवालयमा उपाध्यक्षद्वय मनिषा पाैडेल ,  सचिव पदमा गिरिराज प्रसाद बेल्बासे ,कोषाध्यक्ष पदमा लक्ष्मी पाण्डे र स-सचिवमा पदमा अभिषेक अधिकारी रहेका छन् ।
यस्तै, नगर सचिवालय सदस्यहरुमा हरि राउत, निराजन ढकाल,प्रदिप अधिकारी, प्रिया भुसाल,राधिका भुसाल,शंकर पौडेल,सुनिता थापा,थानेश्वर बेल्बासे , सुधन बेल्बासे , सुन्दर बेल्बासे, अजय क्षेत्री, अादित्य अर्याल,सरिता आचार्य,गीरीराज खनाल,माया पून रहेका छन्।
विवेकशील नेपालीदल अर्घाखाँचीले सङ्गठन विस्तारमा तिव्रता दिएको छ। जसमा सन्धिखर्क नगरपालिकामा नगरसमिति घाेषणा गरिसकेको छ।
साथै छत्रदेव गाउँपालिका भुमिकास्थान नगरपालिका पाणिनि गाउँपालिका र मालारिनि गाउँपालिकामा पनि नगर तथा गाउँ समिति घाेषणा गर्ने विवेकशील नेपाली दल अर्घाखाँचीले जनाएको छ।

अन्य समाचारहरु