भक्तिराम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरको बुडिचौरका मृगौला पीडित एक युवालाई आर्थिक समस्या परेको छ ।
सितापुरको बुडिचौरका दुवै मृगौला पीडित ३५ वर्षीय युवा भिम बहादुर सोमैलाई आर्थिक समस्या परेकोले थप उपचारमा गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।
सोमै बुटवल स्थित गौतम बुद्ध मुटु अस्पतालमा उपचारत छन् । दुवै मृगौलाले काम नगरेका कारण मृत्युसँग लडिरहेका सोमैलाइ थप उपचारमा रकम अभाव भएपछि उनको परिवार अहिले चिन्तित बनेको छ ।
प्रत्यारोपण गराउन ठुलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन् । मृगौला पिडित सोमैको थप उपचारका लागि आर्थिक समस्या भएपछि आर्थिक सहयोगका लागि अपिल गरेका हुन् ।
पिडित सोमैकि श्रामती तुलशा सोमैले घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन् । हालसम्म ५ लाख भन्दा बढी खर्च भई सकेको र प्रत्यरोपणको लागि अझै ८ देखि १० लाखसम्म खर्च हुने र घरको सबै सम्पत्ति श्रीमानको उपचारमा खर्च भइसकेको उनले बताइन ।
भारतमा सामान्य चौकिदारी गर्दै परिवार पाल्दै आएका पिडित सोमैका १ छोरा र १ छोरी छन् । श्रीमतिले एउटा मृगौलादिन तयार रहेको तर आर्थिक स्थिति कमजोर रहेको तुल्साले बताइन् । उपचारमा सबै सम्पत्ति सकियो अव केले उपचार गर्ने चिन्ताले सताउन थालेकाले उपचारमा आर्थिक खर्च जुटाइदिन सबै समक्ष आग्रह गरेकी छिन् ।
उपचार खर्चमा सहयोग गर्न चाहने महानुभावले तपशिलमा सम्पर्कमा गर्न सक्नुहुनेछ ।
खातावालाको नाम : तुल्सा सोमै (बिरामीकाे श्रीमति)
बैंक : Shine Resunga Development Bank ( Amarai Arghakhanchi)
खाता न : 00700700399977000001
सम्पर्क :
तुल्सा सोमै 9821556390
भक्तिराम घिमिरे : 9867002668