भुवन के.सी
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुवन के सी, भुमिकास्थान नगरपालिका वार्ड नम्बर -९ ढिकुरामा ढिकुरा साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अध्यक्ष नमकला चुदालीको अध्यक्षता, मिना भट्टराईको स्वागत मन्तव्य र रहेको सो कार्यक्रममा सस्थाको आय ब्यय तथा प्रगती बिबरण प्रस्तुत गरिएको छ । नयाँ प्रस्ताबको रुपमा सस्थामा आवद्द सदस्यको मृत्युु भएमा जनही ५ हजार र सदस्यको श्रीमानको मृत्युु भएको अवस्थामा २५०० प्रदान गर्ने प्रस्तावलाई कार्यक्रममा उपस्थित सदस्यहरुबाट पारित गरिएको छ ।
हाल यो सस्थामा शेयर रु.१०९००००, बचत रु. ७५००००० र ऋण लगानी रु.१६४००००० गरि रु. एक करोड माथिको कारोबार रहेको र कुल शेयर सदस्य संख्या ५९३, समुह संख्या ९८ र अन्तर समुह संख्या ९ रहेको कुरा प्रबन्धक मदन गैरेले जानकारी दिनुभएको छ ।