बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश अभियान चलिरहेको छ । केही दिन अघि एक कार्यक्रमको आयोजना गरी दर्जनौंलाई पार्टी प्रवेश गराएको राजमोले शनिबार थप चार जनालाई प्रवेश गराएको छ ।
पाणिनी गाउँपालिका वडा नं–२ पोखराथोकको कमैघारी पातल डाँडामा आज प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको हो । नवप्रवेशीहरुलाई राजमो नेता केहर सिंहरले राजमोको सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
प्रशिक्षणपछि जातीय समता समाजको टोल समितिसमेत गठन गरिएको छ ।