अर्घाखाँचीका युवा व्यवसायी काजी श्रेष्ठ सामाजिक सेवा सँगै अप्ठ्यारोमा परेका युवाहरूलाई साथ दिदै

सुर्य भुसाल /अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसी निबासी काजी श्रेष्ठ युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा निकै खटिएका सामाजिक अभियान्ता हुन् । 
युवा व्यवसायी काजी श्रेष्ठ अहिले सामाजिक काममा धेरै क्रियाशिल छन् भने अर्घाखाँचीमा बिशुद्द सामाजिक क्षेत्रमा काम गर्ने चर्चित  अर्घाखाँची युवा परिषदका अध्यक्ष रहनु भएका काजी श्रेष्ठले नेतृत्व गरेको अर्घाखाँची युवा परिषद अर्घाखाँचीको सबै भन्दा ठुलो  धेरै सामाजिक काम गर्ने सामाजिक संस्था हो । जसको नेतृत्व काजी श्रेष्ठले गरेका छन् । 
अर्घाखाँची युवा परिषदले  अर्घाखाँचीमा सबैभन्दा ठुलो राशीको भलिबल खेलकुद गराउने संस्था हो  । सामाजिक काम गर्दा आफुलाई खुसी लाग्ने  गरेका कारण आफु आफ्नो ब्यबसायको अलबा सामाजिक राजनीतिक क्षेत्रमा क्रियासिल हुने गरेको  काजी श्रेष्ठको भनाइ छ ।  
धेरै सामाजिक क्षेत्रमा ब्यस्त देखिने श्रेष्ठले  ब्यक्तिगत तथा संस्थागत रुपमा समेत दु:ख परेकाहरुलाई  सहयोग गर्दै आएका  छन् । 
ब्यबसायिक रुपमा निर्माण ब्यबसायी रहेका काजी अर्घाखाँचीका युवाहरुका समेत प्रिय छन् । युवाहरुलाई अप्ठ्यारो पर्दा सुख दु:खमा काजीले साथ दिने कारण युवाहरु काजीप्रति आकर्षित देखिन्छन् । भने काजीसँग युवादेखि जेष्ठ नागरिकसम्मलाई समेटेर लैजाने सबैलाई समान व्यवहार गर्ने क्षमता छ । 
अर्घाखाँची युवा परिषद मात्रै नभई सन्धिखर्कका विभिन्न सामाजिक संघ संस्थाहरुमा युवा ब्यबसायी काजी श्रेष्ठ आबद्द छन् ।