किर्किस्तानको हिंसात्मक भिडन्तको अन्त्यका लागि अन्तर्राष्ट्रिय समाजको आव्हान्

किर्किस्तानको राजधानी बिशकेक शहरमा हिजो ठूलो पैमानाको रक्तपातपूर्ण दङ्गा भएको छ। यस सन्दर्भमा किर्किस्तानको विरोधी पक्षद्बारा गठित "अस्थायी सरकार"का स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, हालसम्म 75 जना यसै दङ्गामा परी मरेका छन् भने 1,520 जना घाइते भएका छन्। हाल किर्किस्तानको परिस्थिति विभिन्न पक्षको आकर्षित् भएको छ। विभिन्न मुलुकले किर्किस्तानमा स्थिरता हुने आशा लिएका छन्।

    संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले हिजै किर्किस्तानको अस्थिर स्थितिप्रति चिन्ता लिनुका साथै अवस्थाको जानकारी लिन आज विशेष दूत किर्किस्तानतर्फ पठाउनुभएको छ। यसअतिरिक्त, अमेरिका, रुस, युरोपेली संघ आदि मुलुक तथा अन्तर्राष्ट्रिय सङ्गठनले किर्किस्तानको स्थितिमा ध्यान दिनुका साथै सबै किसिमका हिंसात्मक कार्वाही रोक्न आव्हान् गरेका छन्।