प्रेमनारायण आचार्य
धरमपानी, अर्घाखाँची २२ मंसीर (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नम्वर १० अर्घाको धरमपानीमा महिलाहरुको आयआर्जनमा बृद्धि गर्न तीन दिने अचार बनाउने तालिम सञ्चालन गरिएको छ ।
उत्पादन बिना आर्थिक समृद्धि नहुने भएपछि स्थानीय स्तरमा उत्पादन हुने बस्तुको प्रयोग गरी अचार बनाउन र त्यही अचार बनाएर बिक्री गरी आम्दानी बृद्धि गर्न सकुन भन्ने उदेश्यका साथ अचार बनाउने तालिम सञ्चालन गरिएको हो ।
सन्धिखर्क नगरपालिका वडा नम्वर १० को आर्थिक सहयोगमा महिला सञ्जालले तीन दिने अचार बनाउने तालिमको आयोजना गरेको हो । उत्पादन बिना आर्र्थिक समृद्धि नहुने भएपछि महिलाहरुलाई उद्यमी बनाउन तालिमको आयोजना गरेको महिला सञ्जालकी अध्यक्ष मिश्रा आचार्यले बताउनु भयो ।
झण्डै ३० जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण सफल महिला उद्यमी रुक्मिणा पराजुलीले गर्नु भएको छ । अर्घाखाँचीको सन्धिखर्क लगायतका गाउँगाउँमा तराई तथा भारतबाट आएको अचार खपत हुने गरेको छ ।
तालिमको उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिका वडा नम्वर १० का वडा सदस्य चमकला भुसाल, शान्ता नेपाली, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्दै तालिम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
उद्धाटन कार्यक्रम महिला सञ्जालकी अध्यक्ष मिश्रा आचार्यको अध्यक्षता, कमला पराजुलीको सञ्चालन र रमा आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।