अर्घाखाँचीडट्कम संवाददाता
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर नजिकको भिरबाट खसेर एकजनाको मृत्यु भएको छ ।
सुपादेउराली मन्दिर नजिकको भिरबाट खसेर पाणिनी गाउँपालिका वार्ड नम्बर – ७ अडगुरीका शिखरडाँडाका हुम राज आचार्यका १९ बर्षिय छोरा अनिल आचार्यको मृत्यु भएको हो ।
आचार्य आईतबार अडगुरीबाट सुन्तला बेच्न हिंडेका तर साँझदेखि परिवारको संपर्कमा थिएनन् । सोमवार प्रहरीचौकी नरपानी र परिवारजनले खोजी गर्दा सुपादेउरालीदेखि २ सय मिटर दक्षिणपट्टी सितापुरको शितखोलामा (गल गाडे भिरबाट झन्डै ३०० मिटर तल) उनको शव भेटिएको थियो ।
कसरी सडकबाट तल खसे कारण थाहा हुन सकेको छैन् । शबलाई अर्घाखाँची जिल्ला अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई बुझाईएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।