अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिस समितिको बैठक बिषयगत शाखाहरु सहितको सहभागितामा सम्पन्न भएको छ ।
बैठकले कार्यक्रम छनौट गरि स्वीकृतको लागि जिल्ला समन्वय समितीमा रहेको जिल्ला व्यस्थापन तथा समन्वय समितीमा पेश गरेको छ ।
आ.व २०७७/०७८ को लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनी प्रदेशबाट नगरपालिकामा प्राप्त हुने विशेष अनुदान बापत रु ७० लाख अन्तर्गत ९ वटा कार्यक्रम छनौट गरि सिफारिस भएका छन ।
समितिको बैठकले स.न.पा.९ अर्घाका दलित तथा बिपन्न परिवार, स.न.पा. ७ खाँचीकोटको भुजुङ्गेका पहिरो प्रभावित दलित तथा बिपन्न परिवारलाई आर्यआर्जन तथा रोजगारी (बाख्रा पालन सङै बोका बितरण), शिक्षा (छात्रबृत्ती तथा शैक्षिक सामग्री बितरण), स्वस्थ्य (स्वस्थ्य बिमा) र पुनःस्थापना (स.न.पा. २ मा बादी बस्तिको लागि घर बनाउन जग्गा खरिद तथा बितरण) कार्यक्रम गर्ने गरि छनौट गरि सिफारिस गरेको छ ।