सरोज भुसाल
उनी मेरो पर्थिब शरीर लिन त गइन तर मुर्छित अबस्थामा साएद मेरो शरीर चिसो भएर होला।।
जब मलाई रातो बाकसबात ल्यादै थियो उनी बिउँझिन तर आधा मात्रै मेरो चिसो शरिरलाइ हेर्नको लागि।।।
मेरो त चिसो शरीर बाकस भित्र थियो तर मलाई आफ्नाले होसियारिका साथ समायका थिए सायद त्यहाँबाट पोखिन्छ भनेर होला।।
आफ्नाले मलाइ गाडीको छत मा बाधेर राखे तर अरु सबै भित्र सायद उसको तातो शरीर छैन भनेर होला।।
बाटो भरी म भएको बाकस सबैले मनिल अनुहार लगाएर हेरेका थिए साएद प्रदेशी बाकसमा फर्केछ भनेर होला।।
जब मेरो अनुहार चिनेको ठाँउमा प्रबेश गरे त्यहाँ आखामा आँसु नभएको मान्छे थिएनन् सायद यो अनुहार अब खरानी हुन्छ भनेर होला।।
म भएको बाकसलाइ चौतारोमा झारियो तर मेरो चिसो शरीर हेर्नको लागि भएपनि मान्छेको दौड धुप थियो साएद उसको आत्माले शान्ती पाओस भनेर होला।
म भएको बाकसको चापी खोलिदै थियो तबमेरि आमा चिच्याउदै अङ्गालो हाल्न पुगिन साएद अब मेरो आँसु र दुख बुज्ने मान्छे छैन भनेर होला।।
बाबाले त मलाइ छुन त परै जाइस हेर्न पनि सक्नु भएन सायद मेरो तेक्ने लठ्ठी भाचियो भनेर होला।।
गाउका सारा मान्छेले मलाइ फूल र माला लागाइदिए साएद तातो शरीर हुँदा केही गरेको थिए होला।।
भर्खर जन्मिएको मेरो छोरोले मलाइ मुस्कुराउदै हेरेको थियो सायद कपड़ा र मिठाइ ल्याइदियो भनेर होला।।
मेरि शृमतिलाइ कसैले समाल्न सकेका थियेनन कतिखेर बेहोस त कतिखेर मेरो नाम लिन्छिन साएद चिसो शरीर फेरि तात्छ भनेर होला।।
बाबाले रुदै भन्नू भएको थियो हे ईश्वर मेरो छोरो फिर्ता दे बरु म उसको सत्तामा बसौला साएद छोराको चाहाना पूरा हुन्छ भनेर होला।
आफन्तले मलाइ खोलाको किनारमा दाउरै दाउरा माथी राखेर मेरो दुधे छोरोलाइ दाग बत्ती दिन लगाए साएद म भन्दा सस्कार ठूलो भएर होला।।।।।