सन्धिखर्कमा भोली राष्ट्रिय जनमोर्चाले बिरोध सभा गर्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा संघीयता खारेजीको लागि लामो समयदेखि आन्दोलनरत राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले भोली बिहीवार बिरोध सभाको आयोजना गरेको छ।
सन्धिखर्कमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं” “संघियता र भष्ट्रचारकाविरुद्ध संघर्ष गरौं”भन्ने मूल नाराका साथ हुने विरोधसभालाई राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी लगायतका प्रभावशाली नेताहरुले सम्बाेधन गर्ने राष्ट्रिय जनमाेर्चा अर्घाखाँचीले जनाएको छ।
सोही दिन राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा संघीयता खारेजी, गणतन्त्रको रक्षा, भ्रस्टाचारको अन्त्य लगायतका माग गर्दै कार्यक्रम आयोजना गरेकाे जनमाेर्चाले जनाएको छ।