सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले सबै नगरवासी सचेत बनेमा फोहोर ब्यबस्थापनमा कुनै समस्या नहुने बताउनु भएको छ ।
सापकोटाले सन्धिखर्क नगरपालिकालाई मजबुत बनाउनका लागि राजस्व चुवाबट हुनबाट बचाई राख्नु र राजस्व प्रशासन तुरुस्त दुरुस्त हुनु पर्ने भित्री प्रशासन सरल र सहज हुनु पर्ने भन्दै शून्य बेरुजु सुसासन पार्दर्सिता आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
रेडियो देउरालीको लोकप्रिय कार्यक्रम देउराली बहसमा कुराकानी गर्दै सापकोटाले नगरपालिकाबाट हुने सेवा सरल र सहज हौस भन्ने उदेश्यले आफु आएदेखि प्रसासनिक धेरै सुधारका कामहरु गरेको बताउनु भयो उहाले जनप्रतिनिधिहरुले बनाएको निति नियम कर्मचारीले कार्यनयन गर्ने भएकोले सन्धिखर्क नगरपालिकाको आन्तरिक आय बढाउनका लागि सुपादेउरालीको भेटिबाट नगरपालिकाको बिकासमा खर्च गर्नु पर्नेमा जोड दिनु भयो ।
सापकोटाले सुपादेउरालीको बिकास सरक्षणका लागि नगरपालिका करोडौं रुपैयाँ खर्च गर्न पनि तयार रहेकाले त्यसबाट हुने आम्दानी नगरपालिकाको राजस्व कोषमा ल्याउनु पर्नेमा जोड दिनु भयो । सापकोटाले नगरपालिका भित्र दर्जनौं बिकास निर्माणका कामहरु सम्पन्न भएको र दर्जनौं बिकासका कामहरु अन्तिम चरणमा पुगेको केही कामहरु सुरुवाति चरणमा रहेको बताउदै बिकास निर्माणका कामहरुमा अनियमितता हुन नदिन उपभोक्ताहरु चनाखो हुनु पर्ने बताउनु भयो ।
सापकोटाले बजारमा मापदण्ड बिपरित घरहरु निर्माण हुने गरेको घर बनिसकेपछि नक्सा पास लिन आउने गरेको कारण त्यसलाई निरुत्साहित पार्न नक्सा पास शाखा नगरपालिकामा स्थापना गर्न लागिएको बताउनु भयो ।
उहाले सुपादेउराली आएका पर्यटकहरुलाई सन्धिखर्क शिदेश्वर मन्दिरको दर्शन गराई अर्घा भगवती मन्दिर अर्घा दर्वारमा लैजाने र आन्तरिक आय आर्जन वृद्धि गर्नका लागि अर्घमा नेपालीको सबैभन्दा ठूलो मुर्ति राखेर धार्मिक पर्यटकहरुको आकरणषण बढाने काममा नगरपालिका लागि परेको बताउनु भयो ।
सापकोटाले नगरपालिका हराभरा बनाउन सबै नगरवासीहरु लागेमा कुनै समस्या नहुने बताउनु भयो नगरपालि भित्र निकै सक्षम जनशक्ति रहेकाले काम दुर्त गतिमा अगाडि बढेको बताउनु भयो ।