बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
– गणेश खनाल
सन्धिखर्क अर्घाखाँची । आगालागीले घर जले पछि अर्घाखाँचीको खिल्जी गाविसका ८ घर परिवार खुल्ला आकास मुनी बस्न वाध्य भएका छन् ।
खिल्जी गाविस वाड नं ७ कि्रलुकमा विहीवार दिउसो लागेको आगालागीमा ८ घर गोठ जलेर नष्ट्र भएका थिए । आगोले घरमा रहेका सबै सामान अन्नपात र लत्ताकपडा जलेपछि उनीहरु अहिले छिमेकीको आश्रय लिएर बसेका छन् ।
आठ घर परिवारका ५५ जना ब्यक्ति घरबाहार विहिन भएका छन् । आगोलागी पिडीतलाई नेपाल रेडक्रस सोसाईटी अर्घाखाँची शाखाले राहात वितरण गरेको छ । आगोलागी पिडीतलाई कि्रपाल कम्मल कपडा भाडाकासेट चामल तेल दाल तथा नुन वितरण गरेको हो ।
त्यस्तै स्थानीय शिब थापा र जीवलाल बन्जाडेले पनि चामल तथा दाल वितरण गर्नु भएको रेडक्रसका उपसभाति कुशल भुसालले बताउनु भएको छ ।
रेडक्रसका सभापति शम्भु पोख्रेलको नेतृत्वमा गएको टोलीले राहात वितरण गरेको हो । आगालागीमा झण्डै ३० लाख बराबरको क्षती भएको थियो भने १८ बाख्रा ४ भैसी ४ गाई पनि आगोले जलेर नष्ट भएका थिए ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।