ठाडामा वार्ड नम्बर ४ द्धारा किसानहरुका लागि आलुको बीउ बितरण

अर्घाखाँचीडट्कम संवाददाता  
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ४ ठाडाले किसानहरुका लागि आलुको बीउ बितरण गरेको छ । आलु लगाउने समय रहेको र उन्नत जातको आलुको बीउ किसानहरुलाइ बितरण गरिएको वडा अध्यक्ष दामोदर अधिकारीले जानकारी दिनु भयो ।
वडाले किसानहरुको माग अनुसार बिउपल बितरण गर्ने गरेको छ यस अघि समेत वडाले गँहुको बीउ समेत बितरण गरिसकेको छ । गत बर्ष असिना पानीले गहुँबालीमा क्षति पुराउदा बीउ समेत नरहेको किसानको गुनासो अनुसार किसानको २५ प्रतिसत लागतमा बीउ बितरण गरेको थियो ।
यस्तै आज वडामा आएर १६३ जना किसान लाई प्रति ब्यक्ति २ किलो आलुको बीउ बितरण गरेको वडा अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । किषानहरुको माग गरे बमोजिम नपुगेको बीउ पुन मगाएर बितरण गर्ने अधिकारीले जानकारी दिनु भयो पहिलो चरणमा आज ३५० केजि बीउ बितरण गरिएको छ ।
उन्नत जातको टिपिएस जातको बीउ बितरण गरिएको अधिकारीले जानकारी दिनु भयो । पहिलो नम्बरको बीउ बितरण गर्ने सोच भए पनि बजारमा अभाव रहेकोले चौथो नम्बर बीउ बितरण गरेको वडा अध्यक्ष अधिकारीले जानकारी दिनु भयो । बितरण गरिएको बिउमा ७० प्रतिसत वडाको अनुदान र ३० प्रतिसत किसानको लागत रहेको छ ।
यस्तै बडा नम्बर ४ले बिकास निर्माणका काम सुरु गरेको छ योजनाहरु धमाधम सम्झौता भइरहेको र अब मुल्यांकन गरि समयमै काम सम्पन्न गर्ने गरि लागि परेको अधिकारीले जानकारी दिनु भयो ।

अन्य समाचारहरु