अर्घा रजस्थल माविमा टिकादेवी भुसाल अक्षयकोषको स्थापना

प्रेमनारायण आचार्य 
अर्घा २९ मंसिर । अर्घा रजस्थल माध्यमिक विद्यालय सन्धिखर्क ९ अर्घामा ५१ हजार रुपैयाको टिकादेवी भुसाल अक्षय कोषको स्थापना भएको छ । 
स्वर्गिय शिबलाल भुसालकी श्रीमती तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सस्थापक सभापति तथा बरिष्ठ पत्रकार बिष्णु प्रसाद भुसालकी आमा टिकादेवी भुसालले आफ्नै नाममा विद्यालयमा अक्षयकोषको स्थापना गर्नु भएको हो । 
अक्षयकोषको रकम आज विद्यालयमा भएको ४६ औ बार्षिक उत्सबको अबसरमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर रायमाझि र विदालयका प्रधनाध्यापक छविलाल चुँदालीलाई हस्तान्तरण गर्नु भएको छ ।  
अक्षयकोषबाट प्राप्त हुने रकम जेहेन्दार छात्रालाई छात्रबृति प्रदान गरिने छ । कार्यक्रमममा उहाँका छोरा बिष्णु प्रसाद भुसालले अर्घा रजस्थल माविबाट एसइइ पास गरी पत्रकारिता अध्यन गर्न जाने विद्यार्थीलाई बार्षिक १० हजार रुपैया प्रदान गर्ने घोषणा गर्नु भएको छ ।  यसै बर्ष सन्धिखर्क नगरपालिका वडा नम्वर ९ को वडा कार्यलय भवन बनाउन पनि उहाँहरुलेनै साढे २ रोपनी जग्गा निशुल्क प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर रायमाझि, अक्षयकोष स्थापना गर्ने टिकादेवी भुसाल, उहाँका ज्येष्ठ सुपुत्र पत्रकार बिष्णु प्रसाद भुसाल, वडा सदस्य बिष्णु प्रसाद अचार्य, कमला भुसाल, वडा सचिव कुलदिप पोख्रेल,  शिक्षक अभिभावक संघका अध्यक्ष हरिबहादुर थापा, विद्यालय ब्यबस्थापन समिति सदस्य गिता खड्का, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रम प्रधनाध्यापक छविलाल चुँदालीको अधयक्षता, शिक्षक निरज भट्टराईको स्वागत मन्तब्य र शिक्षक बलबहादुर रायमाझिको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु