बिज्ञापन – विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको खिल्जी गाविसको कृलुक गाउँमा आगाली हुदा आठ घर जलेका छन । दलित वस्ती रहेको उक्त गाउँमा सबै घर एक आपसमा जोडिएर रहेका थिए ।
विहिवार दिउसो चुरोट खाएर फालेको ठुटाका कारण घरमा आगो लागेको पीडित शेर बहादुर नेपाललीले बताए । घरमा रहेका लत्ताकपडा, अन्नपात, सुन सबै जलेर नष्ट भएका छन । आगालागीमा परी सुमित्रा नेपाली घाईते भएकी छिन । आगो मुम बहादुरका घरबाट सल्केको थियो ।
आगालगीबाट जल्ने सबै घर नेपाली जातिका सात भाईका हुन । घर जल्नेमा जीव बहादुर र उनका भाई शेर बहादुर, मुम बहादुर, खग बहादुर, तिल बहादुर, झुप बहादुर, झब बहादुर र पित बहादुरका घर गोठ जलेर नष्ट हुदा २० लाख बराबरको क्षेती भएको खिल्जी प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक लिला शारुले बताए ।
आगालागी पीडितलाई शुक्रबार रेडक्रसले राहत वितरण गरेको छ । पीडितलाई तत्कालको लागि बसोबास गर्न त्रिपाल लत्ताकपडा खाद्यान्य बन्दोबस्तीका सामान दिएको रेडक्रस जिल्ला उपसभापती कुहल भुसालले बताए ।
आगालागी पीडितलाई सभासद पुष्पा भुसालले पनि २५ किलोका दरले चामल दिएकी छन । रेडक्रसले पीडितका घरमा पुगेर रात दिएको छ । राहत वितरण गर्न सभापती शम्भु प्रसाद पोखरेल उपसभापती कुशाल भुसाल सदस्य कृष्ण खनाल कर्मचारी ठाकुर प्साद अधिकारी र कान्तिपुर दैनिकका संवाददता वीरेन्द्र केसी आगालागी पीडित घरमा पुगेका थिए ।
घर गोठ जल्दा सबै नष्ट भएकाले दैवि प्रकोप उद्धार समिति मार्फत जिविसमा राहत दिन माग गर्ने भएको छ । जलेर १८ बाख्रा ४ भैसी र दुई गाई मरेका छन । उनीहरुले लेवर काम गरेर दैनिक जीवन गुजारा चलाउदै आएका छन ।
तस्बिर -वीरेन्द्र केसी, अर्घाखाँची
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।