सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद सापकोटाले स्वछ्वता सरसफाई नगरपालिकाको पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिकामा हाजिर भएदेखि नै नयाँ नयाँ कामको सुरुवात गरेका सापकोटाले निस्कृय रहेका टोल सुधार समितीहरुलाई सक्रिय बनाउने नगरपालिकाबाट हुने कार्य संपादन छिटोछरितो बनाउने प्रभाबकारी सेवा दिने सरल सरकार सहज सेवाको अबधारणालाई अगाडि सार्दै नगरपालिका भित्रको दैनिक प्रशासनलाई तुरुस्त दुरुस्त बनाउने आर्थिक ब्यबस्थापन पार्दर्सिता शुसासनलाई पहिलो प्राथमिकता दिएर कामको शुरुवाती गरेसगै जनताले सहज सेवा पाउन थालेका छन् ।
नगरपालिकामा भएका कामहरु पार्दर्शि बनाउने सेवालाई प्रभाबकारि बनाउने जस्ता जनमैत्री प्रशासन कायम गर्ने कुनै पनि काम सक्किन साथ भुक्तानी तुरुन्तै दिने जस्ता काम गरि रहेका छन् ।
सापकोटाले नगरपालिकालाई हराभरा बनाउने जनप्रतिनिधिहरुको चाहानालाई मुर्त रुप दिदै सरसफाई स्वछ्वतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन घोराही उपमहानगरपालिका, त्रिलोत्वमा नगरपालिका वाणगङगा नगरपालिका लगायतका विभिन्न नगरपालिकामा राम्रो काम गरि राम्रो छवि बनाएका सापकोटा काममा निकै अनुभवी भएको कारण सन्धिखर्क नगरपालिकाको दैनिक प्रशासनमा व्यापक सुधार आएको छ ।
कार्यालयको काममा निकै ब्यस्त हुने सापकोटा बिकास निर्माणका कामहरुको समेत अनुगमन गर्ने गरेका छन् । सापकोटालाई जनप्रतिनिधिहरुले पनि काम गर्ने कार्यालय प्रमुखको रुपमा लिएका छन् । कार्यालय ब्यबस्थापन सापकोटाको निकै राम्रो छ भने अनुभव पनि त्यत्तिकै छ सापकोटाले नगरपालिकामा सबै वार्डहरुलाई पाबरफुल बनाउनका लागि धेरै जिम्मेवारी दिने गरेका छन् ।
अहिले नगरपालिकाबाट हुने अधिकाम्स सिफारिसका कामहरु वार्डबाट गराउन अधिकार प्रत्याजोजन गरेका छन् ।